भारतको हावडा जिल्लामा आज भीषण आगलागी

134
views

एजेन्सी । भारतको पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ । हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनाको सुचना पाउने वित्तिकै १२ वटा दमकल आगो नियन्त्रणका लागि खटिएका थिए । समयमै दमकल पुगेका कारण ठूलो क्षति हुनबाट जोगिएको त्यहाँको अधिकारीहरुले बताएका छन् । ५० बढी पसल जलेर ध्वस्त हुदा करौडौंको नोक्सान भएको जनाइएको छ ।