दिदी-बहिनी दाजुभाई, यसपालीको भोट बुद्धी गुरुङलार्ई

519
views

नम्रता लामिछाने
पर्वत, ७, साउन । यतिबेला विदेशमा एनआरएनए दक्षिण कोरियाको लागि चुनावी सरगर्मी बढेको छ । विदेशीएका नेपालीहरुको संगठित संस्था एनआरएनएमा एनसिसि दक्षिण कोरियाको नवौ राष्ट्रिय महाधिवेशनमा स्वतन्त्रबाट अध्यक्ष चुन्ने प्रयास भैरहेको छ ।

एनआरएनमा राजनीतिक हस्तक्षेप बढेको आरोप आइरहेका बेला ‘न कुनै पार्टी न कुनै वाद, यसपाली एनआरएनएमा बुद्धि गुरुङलाई साथ’ भन्ने अभियानका साथ चुनावी सरगर्मी बढेको हो ।

एनआरएनए एनसिसि दक्षिण कोरियाको नवौ अध्यक्ष पदमा चर्चित एवं स्वतन्त्र व्यक्ति बुद्धि गुरुङले उम्मेदवारी दिएका छन् । बुद्धि गुरुङको जित सुनिश्चित जस्तै देखिएको दक्षिण कोरियाबाट व्यवसायि जीवन थापाले बताए ।

जुलाई २९ र ३० मा सम्पन्न हुन गईरहेको एनआरएनए–एनसिसि दक्षिण कोरियाको नवौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका बुद्धि गुरुङले यसपटक राजनीतिक आस्थामा लागेका भन्दा पनि स्वतन्त्र व्यक्तिलाई अमुल्य मत दिने कुरामा विश्वस्त छन् ।

‘स्वच्छ र सक्रिय एनआरएनए निर्माणमा हाम्रो अभियान, यसपाली स्वतन्त्र र सक्षम उम्मेदवारलाई अमुल्य मतदान’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी परेकाले आफ्नो जित सुनिश्चित भएको गुरुङले बताए ।

एनआरएनए–एनसिसि दक्षिण कोरियाको नवौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बुद्धि गुरुङको प्यानलबाट बरिष्ठ उपाध्यक्ष परि गुरुङ, महिला उपाध्यक्ष आरती ह्योल्मो, उपाध्यक्ष हरी प्रसाद भट्टराई, उपाध्यक्ष तेन्जिङ लामा, उपाध्यक्ष नारायण पौडेल, महासचिव सन्तोष खड्का, सचिव कमल भण्डारी, सचिव कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्ष प्रेम पुन र युवा संयोजकमा विक्रम वज्यु तामाङ उम्मेदवार रहेका छन् ।

यस्तै सदस्यहरुमा सपना अधिकारी, गंगाराजन मगर र विष्णु रेग्मी उम्मेदवार रहेका छन् ।