नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

320
views

काठमाण्डौ, १०, भदौ । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिक समेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ ।

आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र सोमबार निस्कासन हुनेछ । अर्ध वार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा ५० हजार र बढीमा कूल निस्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । इमेजखवरबाट