गजल==== पाठ्यक्रम

174
views

सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस् ।
जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस् ।।

काँट आउँच अन्न तिहुन क्यारी दुध दही ।
कुना कानी खेत वारीको राँटो पढाउनुहोस् ।।

जापान अमेरीका कोरीयामा मात्रै किन ?
खोरीयामा सुन फलाउने पाटो पढाउनुहोस् ।।

पिजा ब्रगर मात्रै होईन मेरा गुरु नारायण ।
गाउँको ढिँडो गुन्द्रुक रोटो आटो पढाउनुहोस् ।।

देश मै केही गर्न सक्ने सम्भावना खोज्नी
भुगोल र हावापनी किताबको साटो पढाउनुहोस ।।

सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस् ।
जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस् ।।