कविता – परीक्षा

116
views

-निरू के सी

ऊ चोरेर उष्कृष्ट नतिजा ल्यायो
म नचोरेर फेल भएँ
म बन्दिएँ मूर्तीवत् परीक्षा हलमा
र देखाएँ आत्मानुशासन,
हिर्काएँ बन्चरो आफ्नै गोडामा
एक एक सेकेन्डको मूल्य बुझेका उनीहरू
जम्मा तीन घण्टा अर्थात
दशहजार आठसय सेकेन्डले
कायपलट गरिदियो हाम्रो भविष्यको बागडोर
ऊ अनेक गरी चोर्दै रह‌यो र पायो छात्रावृतीको उच्च अवशर
यहाँ नदी तर्न ढुङ्‌गा चढ्नैपर्छ
उकालो चढ्न लौरीको साहरा लिनैपर्छ,
म भने पुल बनाउन तल्लिन थिएँ
सैद्धान्तिक र व्यवहारिक सिकाईको समिश्रणबाट ।
इमानदारीताका सिढी चिन्दै थिएँ
अन्तत उर्लिरहयो भेल भ्रस्टाचारको
र भत्किरहे खम्बाहरु देश निर्माणका
उनीहरुले चोरेर बनाएका संरचनाका नक्सा सामु
मैले पढेर बनाएका नक्सा हार खाए
फेल भैरहे उसैगरी
अन्तत देश निर्माणको जिम्मा उसैलाई सुम्पेर
इमान्दारिताको रोटी बेल्न परदेश पसेको म