मेक्सिकोमा बच्चाको पार्टीमा गोलीबारी हुँदा ११ जनाको मृत्यु

604
views

एजेन्सी । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका सहरमा नकाबधारी बन्दुकधारीले बच्चाको जन्मदिन पार्टीमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।
प्रहरले घटनास्थलबाट तीन जना बच्चाहरुलाई जिउँदो अवस्थामा फेला पारको जनाएको छ । यद्यपि पार्टीमा सहभागी अन्य ११ जना वयस्कको गोली लागेर मृत्यु भएको छ ।
सहरका रिहायशी इलाकाको एक घरमा बाहिर टेन्ट लगाएर जन्मदिन पार्टी मनाइरहेको अवस्थामा सो घटना भएको हो ।
मेक्सिकोमा पछिल्ला केही दिनमा यस प्रकारका हिंसाका घटनामा वृद्धि भएको छ । यस्ता घटनामध्ये अधिकांश नशालु पदार्थको सेवन र कारोबारसँग सम्बन्धित छन् । यसै वर्षको मे सम्ममा १ हजार १ सय ८६ जनाको हत्या भएको थियो ।