रामेछापमा करेन्ट लागेर २ जनाको मृत्यु

756
views

गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीमा सोमबार साझ करेन्ट लागेर २ जनाको ज्यान गएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
करेन्टबाट ४६ बर्षकी सर्मिला खड्का र ३५ बर्षका रेवती खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक रेवती खड्काकी श्रीमती भिमकुमारी खड्का गम्भीर घाइते भएकी छन् ।
११ सय केवी विद्युत प्रसारण लाइनबाट पोल हुदै प्रबाह भएको करेन्ट पानी परेका कारण बाटोमा समेत प्रबाह भएको र त्यही बाटो घाँस बोकेर जाने क्रममा उनीहरुलाई करेन्ट लागेको बताइएको छ । घाइते भिमकुमारी खड्काको पनि अवस्था बिग्रदै गएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।