मन्त्रीपरिषद विस्तार हुन सकेन

608
views

काठमाण्डौ, १०, श्रावण । मन्त्रीपरिषद विस्तार मंगलबार नहुने भएको छ । मंगलबार नै मन्त्रीपरिषद विस्तार गर्नेगरि तयारी गरे पनि नाम टुङ्गो लाग्न नसक्दा बुधबार मात्र मन्त्रीपरिषद विस्तार हुने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मंगलबार नै सपथ ग्रहण गर्ने तयारीका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराए पनि मंगलबार विस्तार नहुने भएको हो । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले नाम टुंग्याउन केही समय लाग्ने भएकाले मंगलबार बेलुकासम्म नाम टुंगो लगाएर बुधबार सपथग्रहण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।