हैदरावादमा प्रधानमन्त्री देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु

558
views

काठमाडौं,८, भदौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कार्यालय हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ।दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तामा भएको कुराकानी पत्रकार सम्मेलनमार्फत जानकारी दिइनेछ ।
यसअघि मात्रै समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता भएको थियो ।
वार्तामा लागू औषध नियन्त्रण, मेची पूलको स्तरोन्ति गर्ने, कटैया कुशहा, रक्सोल र परवानीपुरको विद्युतको स्वीच दबाएर उद्घाटन गर्ने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
विहीबारै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्। प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।