कुवेत हुँदै साउदी पु¥याइएका १० नेपाली महिला कामदारलाई उद्धार

1344
views

साउदी ।   साउदी अरवस्थित नेपाली दूतावासले १० जना महिला कामदारलाई उद्धार गरी स्वदेश पठाएको छ । उनीहरुमध्ये २ जना बुधबार राती र ८ जना बिहिबार बिहान एयर अरेबिया हुँदै काठमाडौं आइपुगेका हुन् । उद्धारमा हुनेमा घरेलु कामदारका लागि कुवेतवाट साउदी लगिएका घरेलु कामदार समेत छन् । नेपाली दूताबासका अनुसार लम्जुङकी अमृता गुरुङ, टेककाशी घले, वर्दियाकी पार्वतीदेवि न्यौपाने, लक्ष्मी परियार र रामेछापकी चन्द्रमाया सुनुवारलाई उद्धार गरिएको हो । उनीहरु कम्पनीमा कार्यरत कामदार हुन् । कम्पनीले भिसा नलगाई गैरकागजात हैसियत बनाएपछि उद्धारका लागि दूताबास पुगेका थिए । कुवेतवाट साउदी लगिएका ताप्लेजुङकी निर्मला मग्रान्ती, झापाकी टिकामाया परियार, भिमाकुमारी चौधरी, राधिका बुढाथोकीलाई उद्धार गरिएको साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले बताए ।

स्वदेश फिर्न रियाद बिमानस्थल पुगेका सर्मिला तितुङ र सीता थिङलाई भने स्पोन्सरले हुरुप लगाइदिएको भन्दै बिमानस्थलबाटै फर्काइदिएको छ । साउदी सरकारले गैरकागजात बिहिन हैसियत भएका कामदारलाई विना सजाय स्वदेश फिर्नको लागि आममाफी दिएपछि उनीहरुलाई सहज रुपमा स्वदेश पठाउन सकेको शर्माले बताए । ‘१२ जना मध्ये १० जना नेपाल पुगेका छन् । दुई जना फिर्ता भएको छ,’ उनले भने,‘फिर्ता भएको मुद्धालाई टुङगाउने प्रक्रिया अगाडि बढिसकेको छ ।’
उद्धार भएकाहरु ५ महिना यता देखि दूताबासको अस्थायी सेल्टरमा बस्दै आएका थिए । ‘सेल्टरमा अझै १० जना छ । उनीहरुलाई स्वदेश पठाउन साउदीको सम्बन्धीत निकायमा पहलकदमी हुदै आएको छ,’ उनले भने,‘अधिकांस कुवेतबाटै आएकोले स्वदेश पठाउन अलि कठिन छ । आममाफी भएकोले अहिले जरिवना मिनाह हुने भएकोले झन्झटिलो कम छ ।’