रौतहटको कटहरियामा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप, एकको मृत्यु

1211
views

चन्द्रपुर, ५, असोज । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान सामान्य विवादपछि दुई समुहबीच भएको झडपमा परि राजपा नेपालका कार्यकर्ता ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अनुठा राय यादव, झुठा यादव, बैजु यादव लगायत रहेका छन् ।