भलिबल खेलाडी प्रतिभा माली प्रशिक्षणका लागि नेदरल्यान्डस् जाँदै

2123
views

काठमाडौं, असोज ५ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख खेलाडी प्रतिभा माली तीन साता लामो प्रशिक्षणका लागि नेदरल्यान्डस् जाने भएकी छन् ।
‘न्यु डायमन्ड एकेडेमी’बाट घरेलु प्रतियोगिता खेल्ने मालीले यसअघि मालिदभ्सको क्लबबाट ब्यावसायिक लिग खेलेकी थिइन् ।
नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा तीन साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड्स जान लागेकी मालीलाई उनी ‘ब्रान्ड एम्बेस्डर’ रहेको खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्टसले बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।
कार्यक्रममा बोल्दै साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले नेदरल्यान्डस्को प्रशिक्षणले प्रतिभालाई मात्र नभई समग्र राष्ट्रिय भलिबल टोलीलाई नै फाइदा पुग्ने बताए ।