बेलायती प्रधानमन्त्रीले गरेको सम्बोधनको ईयू नेताद्वारा स्वागत

1704
views

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (ईयू) बाट अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको ईयूका प्रमुख नेताहरुले विशेष स्वागत गरेका छन् ।

मेको भाषणको शैलीको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार मिशेल बार्निएलगायतले प्रशंसा गरेका हुन् ।

तर उनले बजेटसम्बन्धी ब्रिटेनको प्रतिबद्धता र ब्रिटेनमा रहेका ईयूका नागरिकको सुरक्षासम्बन्धी नयाँ प्रारुपबारे उल्लेख गरेपछि दुवै नेताले त्यसबारे विस्तृत विवरण माग गरेका छन् ।

मेले इयुबाट ब्रिटेन अलग भएपछि दुई वर्षे संक्रमणकालको प्रस्ताव गरेकी छन् । औपचारिक रुपमा बेलायत सन् २०१९ को मार्चसम्मा ईयूबाट अलग हुनेछ । क्रेडिट रेटिङ एजेन्सी मुडिजले ब्रिटेनको ‘क्रेडिट रेटिङ’ थप घटुवा गरेको छ ।

उसले कर्जादरमा कटौती गर्ने ब्रिटिश सरकारका योजनाहरु हराएको जस्तो देखिएको र ईयुबाट उसको बहिर्गमनले आर्थिक अनिश्चितता सिर्जना गरिरहेको जनाएको छ ।

तर ब्रिटिश सरकारका एकजना प्रवक्ताले मुडिजको आकलनको म्याद गुज्रिसकेको प्रतिक्रिया दिएका छन् । पाउण्ड स्टर्लिङको भाउ शुक्रवार पनि ओरालो लागेको छ ।