चीनतर्फको इन्टरनेट नेपालमा

629
views

काठमाण्डौ । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तराष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यहाँ २८ पुस देखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व– सञ्जाल जोडिने निश्चित भएको हो ।

नेपाल र चीनतर्फ निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुदैछ । त्यसपछि नेपालले चिन हुँदै विश्वबजारको दुरसञ्चार नेटवर्कमा आबद्धता जनाउँनेछ ।

दुई वर्ष अघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको लिजोङ गेटवे हुँदै चीनर र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौता मार्फत दुवैतर्फको अप्टिकल फाइबर एक– अर्कामा जोडिएका छन ।

सम्पुर्ण परिक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदुत यु होङले ‘नेपाल टलिकम चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकबाट