काठमाण्डौँ–तराई/मधेश दुर्तमार्गको निरीक्षण

1285
views

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निरिक्षण गरेका छन् ।

काठमाण्डौँदेखि निजगढसम्मको दु्रतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले प्रगतिबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा सडक निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणमा भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारी, रथीबृन्द, रक्षामन्त्रालयका सह सचिव, उपप्रधान तथा रक्षामन्त्रीका स्वकिय सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिवहरु, सम्बन्धीत क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।