मृगौला पीडितलाई पर्वत फोटोग्राफर संघको सहयोग

1052
views

निर्मल पौडेल
पर्वत, २, भदौ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पर्वत फोटोग्राफर संघले कुस्मा नगरपालिका–१२ ठुलिपोखरीका दुवै मृगौला पीडित विष्णु वहादुर परियारलाई आर्थिक सहयोग गरेको छ । पर्वत फोटोग्राफर संघले नगद रु ८ हजार १ सय ५ रुपैँया आर्थिक सहयोग गरेको हो ।

पर्वत उद्दोग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग रकम पीडितकी श्रीमती लक्ष्मी परियारलाई हस्तान्त्रण गरिएको हो ।

रकम पर्वत उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा मार्फत हस्तान्त्रण गरिएको फोटो ग्राफर संघ पर्वतले जानकारी दिएको छ ।

यस्तै फोटो ग्राफर संघ पर्वतका अध्यक्ष नारायण केसीले फोटोग्राफर संघ पर्वतले अन्य विविध कार्यमा हुने फजुल खर्चको कटौती गरी पीडित परियारको उपचारमा थोरै भएपनी राहत होस भन्ने हेतुले उक्त रकम हस्तान्त्रण गरिएकोे वताए ।

विगत १० महिना देखी कामाण्डौको गोँङ्गवुमा कोठा भाडामा लिएर श्रीमानको उपचार गराईरहेकी परियार केहि दिन अगाडी सहयोग जुटाउन पर्वत आएकी हुन् । पीडित परियारका एक छोरा र एक छोरी रहेका छन् ।

कार्यक्रम फोटोग्राफर संघ पर्वतका अध्यक्ष नारायण केसीको अध्यक्षता उपाध्यक्ष रमेश श्रेष्ठको सञ्चालन र सचिव विजयराज जैशीले गरेका थिए ।

सहयोग गर्न इच्छुकले पीडितकी श्रीमतीको मोवाईल नम्वर ९८२१३९७७९९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।