प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु नष्ट

794
views

पर्वत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका वडा नं. २ अर्मादी वरपरका स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएका लागु औषधजन्य गाँजाका बोट नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले चारय गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ । प्रहरी नायव निरीक्षक होम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तिला गिरी, सेवा केन्द्र कुश्मा ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापा लगायतको टोलीले गाँजाका बोटहरु नष्ट गरेको प्रहरी निरिक्षक एवं सुचना अधिकृत राजन रायमाझीले जानकारी दिए ।