जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

1155
views

जितेन्द्र थापा
दैलेख । दैलेखको ठाँटीकाध गाउपालिकाको ठाँटीकाधमा जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद कला साहित्य र संस्कृति समुन्नत समृद्ध ठाँटीकाँध हाम्रो अभियान भन्ने मुल नाराका साथ सो प्रतियोगिता सम्पन्न भएको हो ।

सिर्जनशिल युवा क्लब ठाँटीकाधको आयोजनामा तथा ठाँटीकाध गाउँपालिकाको आर्थिक सहयोगमा खेल सम्पन्न भएको हो । कार्तिक ६ गतेबाट सञ्चालन भएको खेलमा ११ वटा टिमको सहभागिता रहेको थियो ।

यस्तै भलिबल खेलमा प्रथम स्थान आठबिस नगरपालिका दोस्रो चामुण्डा बिन्द्रासैनी नगरपालिका र तेस्रो स्थान सिर्जनशिल युवाक्लब ठाँटीकाध रहेको छ । प्रथम पुरस्कार राशी ५१ हजार नगद अवार्ड मेडल प्रमाण पत्र, द्धितिय पुरस्कार रु. ३१ हजार अवार्ड मेडल र प्रमाण पत्र तृतिय पुरस्कार रु २१ हजार अवार्ड मेडल प्रमाण प्रत्र रहेको छ ।

उत्कृष्ट खेलाडीमा आठबिस नगरपालिकाका बिनोद रानामगरलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै अनुशासित पुरस्कारमा शिर्जनशिल युवा क्लब ठाँटीकाधका हस्त बहादुर बोगटिलाई नगद रु. पाँचहजार र सिल्ड सहित पुरस्कृत गरिएको छ ।

समापन कार्यक्रममा प्रतिनिधी सभाका सांसद राज बहादुर बुढा विशेष अतिथि धिर बहादुर शाही, शेर बहादुर रावत, निर्मल रावत सुर्यबहादुर शाहीको उपस्थिति रहेको थियो ।