पर्वत फलेवासका दुबै मृर्गौला पीडित नेपाली भन्छन् ‘मलाई बचाउनुहोस्’

7506
views

पर्वत । फलेवास नगरपालिका–६ चन्दनटारका ३३ बर्षिय याम बहादुर नेपालीको दुवै मृर्गौलाले काम नगरेपछि अहिले जीवनमरणको दोसाँधमा छन । चरक अस्पताल पोखरामा दुवै मृर्गौलाको डायलाईसिस गरिरहेका नेपालीको आर्थिक अवस्था निकै कम्जोर रहेकोले देश विदेशमा रहनुभएका सहयोगीदाताहरुसँग आर्थिक सहयोगको अपेक्षा गरेका छन ।

कृषि पेशामा आधारित उनको परिवारसँग उपचार गर्ने रकम नहुँदा भाईलाई बचाईदिन उनका दाजु रन बहादुर नेपालीले सहयोगी हातहरुसँग अपेक्षा गरेका छन ।

परिवारको कान्छो भाईलाई कमाउने बेलामा दुवै मृर्गौला फेल भएपछि उपचार गर्नुपर्ने अवस्था छ रन बहादुर नेपालीले भने ‘भाईलाई बचाउन चाहान्छु, सहयोगीदाताहरुले ९८२७५१६२०६ मा सम्पर्क गरी आर्थिक सहयोग गरिदिनुहोस् ।’

सम्पत्तिका नाउँमा आँफुसँग केही नभएको र कमाई गर्ने भाईलाई ठुलो रोग लागेकोले जीवनदानका लागि जहाँबाट जसरी भएपनि सहयोगीदाताले आर्थिक सहयोग गर्नुहुन दाजु  रन बहादुर नेपालीले अनुरोध गरेका छन ।

अस्पतालमा उपचार गराईरहेका नेपालीले बाँच्ने चाहाना भएपनि आर्थिक नभएकोले कसरी उपचार गर्ने भन्ने संकटमा रहेको उनकी नेपालीकी श्रीमती चन्द्रदेवी नेपालीले बताईन् ।