मड्रिड र एथ्लेटिको खेल बराबरीमा टुंगियो

544
views

एजेन्सी । स्पेनिस लिग फुटबलमा शिर्ष क्लबहरु रियाल मड्रिड र एथ्लेटिको मड्रिडबिचको खेल बराबरी टुंगिएको छ । अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको र तेस्रो स्थानमा रहेको रियालबिच गएराति भएको मड्रिड डर्बी १–१ गोलको बराबरीमा सकिएको हो ।

एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लुइस सुवारेजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिए । तर खेल सकिन दुई मिनेट बाँकी छँदा रियाल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको हो ।

बराबरीपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २५ खेलबाट ५९ अंक भएको छ । एक खेल बढी खेलेको बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ५४ अंक छ ।