‘हामी सबैले सक्छौ’

428
views

पोखरा, २६, पुस । प्रशंसनीय खोज दृष्टिकोण तथा सकारात्मक सोचका अभियान्त तथा ग्रामिण विकास विज्ञ डा. रामचन्द्र लामिछानेको ‘हामी सबैले सक्दछौ’ बोलको गित सार्वजनिक भएको छ । डा. लामिछाने तजभ भ्चष्उक नामक युटुव च्यानल मार्फत सार्वजनिक गर्नुभएको हो ।

विगत १७ वर्ष देखी समाजको सकारात्मक रुपान्तरणको लागि योगदान दिदै आउनुभएका डा. लामिछानेले वालकदेखी वृद्धसम्मलाई सकारात्मक सोचको विकास गरेर सफल जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिने गीत तयार गर्नु भएको छ ।

प्रवचन, तालिम, गोष्ठि मार्फत सकारात्मक उत्प्रेरणा जगाउदै हिड्ने डा. लामिछानेले संगित मार्फत पनि सकारात्मक उत्प्रेरणा जगाउन सकिन्छ भन्ने विश्वास लागेर गित रचेको बताउनुभयो ।

पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डा. लामिछानेको गीतमा संगित नरहरी प्रेमीको रहेको छ । गीतमा स्वर नरहरी प्रेमी र काब्य आचार्यको रहेको छ । यस गितलाइ लक्षु प्रकास मल्लले संगित संयोजन गर्नुभएको छ ।