नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग खेल्ने

679
views

काठमाण्डौ, २५, पागुन । नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।