प्रकृति वातावारण तथा शालग्राम संरक्षणका लागि जलजलामा पालिकास्तरिय समिति

271
views

नवदृष्टि संवाददाता
पर्वत,  २५,चैत्र, 

प्रकृति वातावारण तथा शालग्राम संरक्षणकालागि पर्वत जिल्लाको जलजला गाउपालिकामा पालिका स्तरिय शालग्राम संरक्ष्ँण अभियानको समिति गठन गरिएको छ । प्रकृति वातावारण तथा शालग्राम संरक्षण अभियानका जिल्ला संयोजक यज्ञ बहादुर थापा, जिल्ला सदस्यहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो । शनिवार जिल्लाको धाईरिङको मिलनचोकमा भएको भेलाले तारानाथ पाध्यारेग्मीको संयोजकत्वमा एक सदस्य थप्नेगरी १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिका सहसंयोजकमा ऋषिराम पौडेल, सचिवमा हरेम बहादर खत्री रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रेमप्रसाद रेग्मी, तुलसीराम आचार्य, गणनाथ आचार्य, मुकुन्द शर्मा, माया कुमारी रिजाल, तुलसीराम पौडेल, ईन्द्रप्रसाद आचार्य, खेमराज शर्मा र नरबहादुर बरुवाल रहेका छन् ।
भेलाले कालिगण्डकी क्षेत्रका आसपासमा अवैध नदी उत्खान् तथा शालग्रामको कुटनी पिसनीको साथै प्रकृति माथी चरम दोहनको कार्यलाई रोक्न संघसंस्था र सम्वन्धित निकायमा ज्ञापन पत्र पेश गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रकृति वातावरण तथा शालग्राम संरक्षणको लागि जलजलाका प्रत्येक वडामा पनि समिति गठन गरिने निर्णय गरिएको बताईएको छ ।
जिल्ला संयोजक यज्ञबहादुर थापाको अध्यक्षतामा भएको भेला सहभागीहरुले आ आफ्नो धारणा राखेका थिए । सहजिकरण भवानी प्रसाद शर्मा र संचालन रामचन्द्र सुवेदीले गरेका थिए ।