नासाले सूर्यग्रहण सम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने

135
views


नयादिल्ली \आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सूर्यग्रहणसम्बन्धी प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ ।
यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ । सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास आंशिकग्रहण देखिनेछ । कुनै ठाउँमा सरदर ३७५ वर्षपछि खग्रास सूर्यग्रहण पर्छ।