मुख्य मन्त्रीमा अधिकारीको दाबी

88
views

नवदृष्टि संवाददाता
पर्वत, २५, चैत्र,

गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजिनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रिमा दावीगर्न माग गरे बमोजिम गण्डकी प्रदेशको मुख्य मन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसग दावी पेस गरेका छन् ।
दाबी पेशगर्न नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता हरिबहादुर चुमान र राजीव गुरुङको उपस्थिति रहेको थियो । एमाले प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थन सहित अधिकारीले मुख्य मन्त्रिमा दाबी पेश गरेको बताईएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठुलो दल रहेको छ भने, राप्रपाका २ संसद रहेका छन् ।