दुवै चरणको मतदान सकिएपछि मतगणना गरिनेः निर्वाचन आयोग

961
views

काठमाडौं, १ कात्तिक । पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।
मंसिर १० मा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने आयोगले तयारी गरेको छ ।
जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।