रतुवामाई नगरपालिकामा ४२ करोड ४७ लाखको बजेट पारित

710
views

नवदृष्टि संवाददाता
उर्लाबारी, मोरङ, २, कात्तिक । मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित ४२ करोड ४७ लाख ५४ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७४ र ०७५ का लागी सो बजेट पारित गरिएको हो ।
बजेटमा आन्तरिक स्रोत रु ७७ लाख ८० हजार, सशर्त अनुदान रु १४ करोड, वित्तिय समानीकरण अनुदान रु २६ करोड २१ लाख र जिल्ला समन्वय समितिबाट राजश्व बाँडफाडबापत रु एक करोड जुटाउने उल्लेख छ ।
यस्तै पूँजीगत खर्चतर्फ रु २२ करोड नौ लाख ५१ हजार छुट्याएको छ भने समपुरक कोषसमेत गरी चालुुतर्फ रु २० करोड तीन लाख तीन हजार रुपैयाँ बाँडफाँड गरेको छ ।

नगरसभाले रतुवा बक्राहा खोला नियन्त्रण कार्यक्रमका लागि एक करोड, जमिन पुनरुत्थान कार्यक्रमका लागि रु ४० लाख, लक्षित वर्ग विकास कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरेको छ भने प्रत्येक वडामा कम्तीमा रु. १० लाखको कार्यक्रम राखेको छ ।
दुर्घटना र विपद्मा परेर ज्यान गुमाउने नगरबासी प्रतिव्यक्तिका लागि रु ३० हजार, रिङरोड अध्ययन, झुर्किया स्वास्थ्य केन्द्र, सञ्चार क्षेत्रको विकास र पुरस्कार, अनलाइन घरनक्सा पास गर्न निवेदन दिने प्रणालीको शुरुवात गर्नेजस्ता कार्यक्रम समावेश गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख रविन राईले जानकारी दिनुभयो ।