धनुषामा बोलेरो दुर्घटना, आठजना घाइते, चालक फरार

1120
views

 

कार्तिक ५,बर्दिबास धनुषाको मिथिला नगरपालिका —११ बाहुनमारामा कुखुरा बोक्ने बोलेरो सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सिन्धुलीबाट महोत्तरीको बर्दिबासतर्फ आइरहेको बा.३ च. ७०५३ नम्बरको बोलेरो जिपलाई बर्दिबासबाट सिन्धुली तिर गइरहेको एकसवारीलाई साइड दिने क्रममा बोलेरो पल्टिएर हो । बोलेरोमा सवार १५ जना मध्ये आठजना घाइते भएका  छन्।

 

 

घाइतेको बर्दिबासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनमा पर्ने अधिकांश यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते हुनेमा सर्लाही इश्वरपुरका—१ का ९ वर्षीय सुगम आचार्य, सिन्धुली कमलामाई नगरपालिका —९ का ४० वर्षीय नामप्यारी नेपाली, वडा नम्बर —१० का ३५ वर्षीय कुलबहादुर खड्का, सुनसरी बाराक्षेत्र नगरपालिका —१ का ७४ वर्षीय दुर्गा सुवेदी , बाराको कलैया नगरपालिका —२२ का ३७ वर्षीय निर्माला वाग्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ । अन्य घाइतेहरुको नाम खुल्न सकेको छैन ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली पठाइएको डीएसपी प्रवीण पोखरेलले जनाएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपुर्ण पोष्टबाट