सडक दस्तुर दोब्बरले बृद्धि

629
views

काठमाडौं । सडक बोर्ड नेपालले सवारीसाधन चलाएवापत सवारी साधनले तिर्नुपर्ने सडक दस्तुर (सडक उपभोक्ता दस्तुर) दोब्बरले बृद्धि भएको छ बार्डले गरेको प्रस्तावमा परिमार्जन गदै गत शुक्रबार अर्थ मन्त्रालयले सडक दस्तुर बढाउने बोर्डको प्रस्तावलाई स्वीकृति दिएको छ । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रशासन गरेसँगै बढेको शुल्क बोर्डले उठाउने छ ,
बेर्डले सडकमा सवारी साधन चलाएवापत तिर्नुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो । बोर्डले अहिले विभिन्न चारवटा राजमार्ग सवारीसाधन चलाएवापत लिने सडक दस्तुर वार्षिक करिब १० करोड रुपैयाँ संकलान गदै आएको छ । अब उक्त रकम दोब्बर हुनेछ । सडक मर्मतमा आवश्यक रकम अपूग भएको भन्दै बोर्डले सडक दस्तुर बढाउने प्रस्ताव गरेको हो । २०५८ सालमा कायम गरिएको दस्तुर हालसम्म वृद्धि हुन सकेको थिएन । सडक बोर्डले गरेको प्रस्तावमा केही परिमार्जन गरि अर्थले शतप्रतिशत वृद्धिका लागि सहमति दिएको अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले बताए । आजको कारोबार दैनिकबाट