करोडपति किसानको बस्ती

742
views

हुम्ला । १६ घरधुरीको सानो र चिटिक्क परेको लाँदुगाउँ लामा बस्ती झट्ट हेर्दा नोपलको अन्य गाउँ बस्ती भन्दा केही फरक छैन । राजनीतिक दलका नेताले गरेको समृद्ध नेपालको भाषण वा कृषिले नेपाली जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने किताबी ज्ञानबाट पनि यो बस्ती अछुतो छैन न त अर्थविद्ले अखबार, रेडियो, टिभिमा दिने अन्र्तवार्तामा बेखबर नै छन लाँदुगाउँका लामो बस्तीका करोडपति किसान ।
अन्य गाउँ बस्ती झै बिहान भालेको डाँकसँगै लामा बस्ती विस्तारै जाग्छ । तर, त्यसपछि भने अन्य बस्ती भन्दा फरक देखिन्छ लामा बस्ती कोही ग्राीन हाउसमा सागपात, तरकारी खेतीको काममा लाग्छन भने कोही स्याउ बगैचामा र होमगार्डेनको मलखाद, सिँचाई तथा हेरचाहमा लाग्छन् । कोहीभने डोको बोकेर सेलर स्टोर ९तरकारी फलफुल भण्डारण गृह० मा भएको स्याउ बोकेर २ घण्टाको दुरीमा रहेको सिमकोटमा बिक्रि गर्न हिड्छन् । यहाँ कोही फुर्सदिला कोही हुदैनन् । कोही चौरी दुहुनमा लाग्छन भने कोही जमेको दही भाडोमा राखि बिक्रि गर्न लैजान्छन् । प्रत्यके किसान केही न केही कृषि उपज सहित बाटोभरी भेटिन्छन् । आजको कारोबार दैनिकबाट