अवैध क्रिप्टोकरेन्सीको कारोबार पुनः शुरु

771
views

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको त्रिलप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको पाइएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरुको उत्पादन –माइनिङ० तथा कारोबार भैरहेको समाचार नयाँ पत्रिकाले बाहिर ल्याएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने ११ जनालाई पक्रिएपछि केही समय सेलाएक पनि पुनः कारोबार सुचारु भएको पाइएको प्रहरीलो जानकारी दिएको छ ।
‘क्रिप्टोकरेन्सीको कारोबारमा कडाई गरीएपनि कारोबारीहरुले लुकीछिपि नेटवर्कीङमार्फत कारोबार गरिरहेको पाइएको छ,’केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो –सिआइबी० का प्रमुख डिआजी पुष्कर कार्कीले भने, कारोबारीहरुले तराईका बोर्डरछेउका सहरलाई केन्द्रीत गरेर कारोबार सुचा गरेको पाइएको छ ।
नेपालमा प्रतिबन्ध भएपछि कारोबारीहरुले भारतीय सीमानजिक बसेर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सुचना पाएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको जनाएको छ । आजको नयाँ पत्रिका दैनकबाट