मोदीले भने ‘सगरमाथाको देश नेपाललाई समुन्द्रसँग जोड्छौं’

मोदी र ओली दिल्लीमा संयुक्त सम्बोधन

578
views

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपाल अब भूपरिवेष्ठित देश नरहने बताउँदै नेपाललाई अब समुद्रसँग जोड्ने बताए । मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको पनि बताए । मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ‘काठमाडौँबाट अब हामी भारतसम्म सीधा जोड्न रेल लाइनले जोड्छौँ’, मोदीले भने, ‘जलसंशाधन र ऊर्जासम्बन्धी प्रोजेक्टमा पनि हामी संयुक्त काम गर्छौँ’

मोदीले लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोशी र सुनकोसी जस्ता ठुला जलविद्युत् तथा बाँध परियोजना पनि अघि बढाउने उल्लेख गरे ।

‘अब हामी मिलेर विकासमा अघि बढ्छौँ । रामायण र बुद्धिस्ट संगीतको विकास गर्छौँ’, मोदीले भने, ‘शिक्षा र जनस्तरको विकासमा पनि जोड दिन्छौँ । ओलीजी र धर्मपत्नीसहित डेलिगसनलाई भारतमा पुनः स्वागत गर्न चाहन्छु ।