जनता डिजिटलले ल्यायो ‘लैजा सुवा’ (भिडियो सहित)

1248
views

काठमाडौँ, ७, वैशाख । पछिल्लो समयमा हिट हुँदै गएको जनता डिजिटल एण्ड फिल्मस्ले डेउडा लोक पप गीत ‘लैजा सुवा’ बजारमा ल्याएको छ ।

चर्चित गायक महेन्द्र भण्डारी र नेपाल आइडलकी गायिका सन्ध्या जोशीको आवाजमा ‘लैजा सुवा’ गीत दर्शक श्रोतामाझ बजारमा ल्याएको हो । दर्जनौ गीत संगीत बजारमा ल्याएका भण्डारीको यो गीत निकै मार्मिक रहेको जनता डिजिटल प्रा.लि.का सञ्चालक चर्चित लोक गायक अमिर सुवेदीले बताए ।

भिम वि.सी.को संगीत तथा नविन साउदको शब्दमा रहेको डेउडा पनलाई नयाँ स्वरुपमा प्रस्तुत गर्न खोजीएको छ । डेउडाको अभिनय चर्चित मोडल आरुसी मगर र रेशम साउदले गरेका छन् ।