मोदी भ्रमणको तयारीका लागि गृहमन्त्री जनकपुर, १२ विघाको अनुगमन

910
views

जनकपुर– गृहमन्त्री रामबहादुर थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षाव्यवस्थाबारे बुझ्न गएका गृहमन्त्री थापाले सो स्थानको भ्रमण गरेका हुन् ।

जनकपुरमा गृहमन्त्री थापा गृहसचिव देवकुमार राई, गृहप्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए । गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण राजनीतिक नभएर धार्मिक र साँस्कृतिक रहेको बताएका छन् । १२ विघाको अनुगमनका क्रममा उनले प्रधानमन्त्री मोदी जनकपुरको दर्शन गरेर मुक्तिनाथ जाने र त्यसपछि काठमाडौं आउने जानकारी दिए ।

मोदीलाई स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँपनि उपस्थित हुनसक्ने जानकारी थापाले दिए । उनले चुस्त सुरक्षा प्रबन्ध मिलाउन तीवनटै सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रधानमन्त्री मोदीको जानकी मन्दिरको दर्शनपछि १२ विघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दन कार्यक्रममा एक लाख बढीको सहभागीता गराउने प्रदेश सरकारले तयारी गरेको छ ।