‘म मेरो देशको सिमाना’ ले अवार्ड पाउने (भिडियो सहित)

1037
views

पर्वत । उत्कृष्ठ स्वर, सर्जक र लय भएर पनि ओझेलमा पर्ने कलाकार एकादुई मात्रै हुन्छन् । त्यस्तै ओझेलमा परेका कलाकार हुन् पर्वतका सुगम विधामा प्रखर तथा अनुभवी गायक मान जि सुरागम । कार्यक्रम स्टेजहरुमा कमै देखिने तर गायन, नृत्य तथा संगितमा अहोरात्र खटिने सुरागमका गितहरुले भने अर्वाड थाप्ने भएका छन् ।

सुगम विधामा लय, स्वर, संगित तथा नृत्यमा पोख्त सुरागमको राष्ट्रिय भावनाले ओतप्रोत भएको ‘म मेरो देशको सिमानामा पुगेर रोएँ’ बोलको गितले अर्वाड थाप्ने भएको छ । वाग्लुङ्ग गल्कोटमा यहि २१ गते हुने स्नेहा स्मृति डिजिटल प्रा।लि। लगायतका पाँचवटा म्युजिक कम्पनीले आयोजना गरेको अवार्ड कार्यक्रममा सुरागमको ‘म मेरो देशको सिमानामा पुगेर रोएँ’ गितले अवार्ड पाउने भएको हो ।

कार्यक्रम स्टेजहरुमा कमै देखिने गरेपनि बजारमा आएका आफ्ना गितहरु अवार्डको लागि योग्य हुँदा खुसी लागेको सुरागमले बताए । उनले भने ‘स्टेज प्रोग्राम त ठेकेदारहरुको हातमा सुम्पिने गरिएको छ, हामी जस्ता कलाकार गए ओझेलमा परिने त्रासले कमै मात्र बोलाउँछन्, तर, राष्ट्रियता भावका गितहरुले अवार्ड पाउँदा हर्षित त बनाउने नै भो ।’