मलेशियामा विपक्षीको ऐतिहासिक जित

631
views

बैशाख, २७ गते । मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन गरेका छन् ।

९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए ।

प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा परिदिएको थियो । उनको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेका थिए ।

आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन् । तर डाक्टर माहथिरको बिहीवार सपथग्रहण हुने अपेक्षा गरिएको बताएका छन् । कतिपयले पछिल्लो चुनावी परिणामलाई नाटकीय भनेका छन् । सरकार गठनका लागि ११२ सिट आवश्यकता भएकोमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको थियो ।

मलेशियाबारेका एकदमै जानकार कैयौं विश्लेषकहरूका लागि समेत पछिल्लो चुनावी परिणाम आश्चर्यको विषय बनेको त्यहाँ रहेका एक जना बीबीसी संवाददाता बताउँछन् ।

महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ । सरकारको नेतृत्व गर्न लागेका डाक्टर महाथिर अब विश्वका वृद्ध नेतामध्ये हुनेछन् ।

महाथिर पछिल्लो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नजिब रजाकका राजनीतिक गुरू पनि थिए । पदबाट हट्दा मलावीका पूर्व राष्ट्रपति डाक्टर हेस्टिङ्स बन्डा ९६ वर्ष भन्दा अलि बढी उमेरका थिए ।

त्यसैगरी अघिल्लो साल जिम्बाव्वेका नेता रोबर्ट मुगाबेले ९३ वर्षको उमेरमा पदबाट राजीनामा दिएका थिए । ९२ वर्षको उमेरमा सत्तामा पुनरागमन गरेका डाक्टर महाथिरले त्यसै पनि इतिहासमा आफ्नो नाम दर्ता गराइसकेका छन् । बीबीसी