मोदीले माफी माग्नुपर्छ भन्दै अनसन बसेका विद्यार्थी नेताहरु गिरफ्तार

2780
views

काठमाडौं ।  ‘नाकाबन्दी गर्ने मोदीलाई नागरिक अभिनन्दन गर्न पाइँदैन’ भन्दै मोदी भ्रमणको विरोधमा रिले अनसन बसेका वैद्य माओवादीका विद्यार्थी नेताहरु गिरफ्तारमा परेका छन् । शिलान्यासलगायतका असमान सन्धि सम्झौताहरुको खारेजी, ओली–मोदी गठबन्धन, मोदी भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध रिले अनसन बसेका नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीसंगठन अखिल (क्रान्तिकारी)का नेताहरु गिरफ्तारमा परेका हुन् ।

अखिल(क्रान्तिकारी)का नेताहरु त्रिभुवन बिश्वविद्यालय केन्द्रीय क्याम्पस रिले अनसनमा बसेका थिए । अनसनमा बसेका विध्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल, मनोविज्ञान शर्मा, त्रि.वि. क्याम्पस अध्यक्ष हेमराज शर्मा, सुरज आचार्य, विनोद के.सी. र सुजन सापकोटा लगायतका विध्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका नेताहरुलाई कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ ।

विध्यार्थी नेताहरुले ‘नाकाबन्दी गर्ने नाइकेलाई नागरिक अभिनन्दन गर्न पाइदैन, नाकाबन्दी गर्नु अपराध हो, मोदीले माफी माग्र्नुपर्छ’लगायत असमान सन्धिसम्झौताहरु खारेजीको माग राखेर विध्यार्थी नेताहरुले ३६ घण्टे रिलेअनसन सुरु गरेका थिए । विध्यार्थी नेताहरुको गिरफ्तारीको चौतर्फी विरोध भइरहेको छ ।