मोदी स्वागतका लागि मुक्तिनाथमा भव्य तयारी

730
views

मुस्ताङं, २८, बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा जसरी स्वागत गरियो त्यसैगरी हिमाली जिल्ला मुस्ताङमा पनि स्वागतको तयारी गरिएको छ ।

जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथमा सरसफाइ र स्वागत गेटको तयारी गरिएके छ । मोदी मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन् । मुक्तिनाथमा हेलप्याड निर्माण गरिएको छ । आकस्मिकताको लागि भन्दै मुक्तिनाथमा पाँचवटा हेलिप्याड बनाइएको छ । मिनी आइसियू सहितको आकस्मिक स्वास्थ केन्द्र समेत बनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिशिर पौडेलले मुक्तिनाथको स्नान गृह र १ सय ८ धारालाई थप व्यवस्थित बनाएको पनि जानकारी दिए । मोदीको स्वागतको लागि जिल्ला समन्वय समिति मुस्ताङका सभापतिको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय रहेको स्वागत समिति बनाइएको छ ।