भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ प्रस्थान

1047
views

काठमाडौँ २९, बैशाख । । दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री मोदीको स्वागतका लागि भने मुक्तिनाथमा बिहानैदेखि तयारी थालिएको छ । मुक्तिनाथ परिसरमा रहेको रानीपौवा बजारदेखि मन्दिरसम्म सुरक्षा जाँच कडा परिएको छ ।

मोदी मुक्तिनाथको दर्शनपछि काठमाडौं फर्किनेछन् । काठमडौं आएर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि राजनीतिक भेटघाट गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।

जानकी मन्दिरमा पूजा र १२ विघामा नागरिक अभिनन्दनमा सहभागी भएका मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका थिए । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए ।