बलिउड जोडीहरुको उमेर अन्तर ६ महिनादेखि २८ वर्षसम्म

1913
views

बलिउडमा त्यस्ता जोडीहरु छन् जसको उमेरको फरक ६ महिनादेखि २८ वर्षसम्मको छ । दुई धड्कनको मेललाई उमेर, जात र धर्मले कुनै फरक पार्दैन । अभिनेता कविर वेदी २८ वर्ष कान्छी प्रभिन दुसञ्जसँग विवाह गरेका छन् ।

‘मुन्ना भाई’ सञ्जय दत्तले आफूभन्दा १९ वर्ष कान्छी मन्यता दत्तसँग विवाह गरेका छन् । उनले मन्यता दत्तसँग सन् २००८ मा विवाह गरेका हुन् ।

अभिनेता सहिद कपुरले १३ वर्ष कान्छी युवती मिरा राजपुतसँग सन् २०१५ मा विवाह गरेका थिए । शैफ अली खानकी पहिलो श्रीमती अमृता सिंहसँग १२ वर्षको अन्तरसँगै (डिभोर्स), सँगै सन् २०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरेका थिए ।

अमिर खानले सन् २००५ मा किरण राओसँग विवाह गरे किरण ९ वर्ष कान्छी छन् । यस्तै बलिउडका पुराना नायक धर्मेन्द्र र हेमा मालनीको उमेरको फरक १३ वर्षको छ ।

कमेडियन एक्टर रितेश देशमुख र जेनिलिया डेसुजाको उमेरको ९ वर्षले फरक छ । हिन्दी सिनेमाका ‘ट्रयाजेडिक किङ’ दिलिप कुमारले साइरा बानुसँग सन् १९६६ मा विवाह गरे । दिलिपले साइरासँग विवाह गर्दा ४५ वर्षका थिए भने साइरा २२ वर्षकी थिइन् । दिलिपको २०१७ मा निधन भएको थियो ।

अजग देवगन र काजोल बलिउडमा युगल जोडीको रुपमा हेरिन्छ । उनीहरुको उमेर फरक ५ वर्षको छ । बलिउडका नवविवाहित जोडी सोनम कपुर र आनन्द अजुहाको उमेरको फरक २ वर्षको मात्र छ ।

चाडै नै विवाह बन्धनमा बाँधिन लागेको बलिउड अभिनेता रणविर सिंह र दीपिका पादुकोणको उमेर ६ महिना फक छ । सन् २०१७ मा विवाह बन्धनमा बाधिएका क्रिकेटर विराट कोली र अभिनेत्री अनुष्का शर्माको पनि ६ महिना हो ।

बलिउड अभिनेता अभिशेक बच्चन ऐश्वर्या राय बच्चनभन्दा दुई वर्षले कान्छा हुन् । बलिउडका फरन अक्थरले अधुना भवानीसँग सन् २००६ मा विवाह गरे । भवानी फरानभन्दा ६ वर्षले जेठी छन् । उनीहरु सन् २०१६ मा छुट्टिए ।