पञ्जावमाथि मुम्बई इन्डियन्सको ३ रनको रोमाञ्चक जित

681
views

काठमाडौं, ३, जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जक जित हात पारेको हो । जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । राजस्थान र पञ्जावको पनि समान १२÷१२ अंक छ । जसले गर्दा प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । हैदरावाद र चेन्नई यसअघि प्लेअफमा पुगिसकेका छन् ।

अन्तिम चरणको खेलअघि बाँकी २ स्थानका लागि पाँच टिमको भिडन्त छ । मुम्बईले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जावले ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो ।