जेठ १५ मा बजेट भाषण

771
views

काठमाडौँ, १३, जेठ । आगामीआर्थिक वर्ष २०७५ र ०७६ का बजेट जेठ १५ गते प्रस्तुत हुने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट जेठ १५ गते प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री खतिवडाले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गर्नेछन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जेठ १५ गते अपरान्ह ४ बजे अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्ने जनाएको हो।