असार १३ गते सरकार विरुद्ध तरुण दल सडकमा

833
views

काठमाडौँ । नेपाल तरुण दलले यो सरकारले गरेका गलत निर्णयका बिरोधमा यहि असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भन्डाफोर कार्यक्रम गर्ने भएकोे छ ।सो कार्यक्रममा तरुण नेताहरुले संबोधोन गर्ने जनाइएको छ । कार्यक्रममा चर्चित कलाकार, कवि, साहित्यकार, पत्रकार र नागरिक समाजसमेतलाई सहभागी गराईने तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले जानकारी दिए ।

देशैभरी प्रशिक्षणको महाअभियान सम्पन्न गरेको नेपाल तरुण दलले संगठनलाई थप मजबुत र शसक्त बनाउन विभिन्न कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्दै आएको छ ।

यसैबीच यहि असार १३ गते सरकारले गरेको मुल्यवृदी, अदालतको अपहेलना, प्रेसमाथी हस्तक्षेप, सरकारको निरङ्कुश चरित्र, ओली सरकारको गलत क्रियाक्लाप र रबैयाको भण्डाफोर गर्न देशैभरी बिरोध सभाहरु गर्न लागेको शाहीले जानकारी दिए ।