एनआईसीको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

663
views

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुर पुनर्वासमा नयाँ शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमबीच पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले विधिवत् रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखाबाट सबै किसिमको बैंकिङ् सुविधा पाउने एनआईसीले जनाएको छ ।

एनआइसीको मुलुकभर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेको छ ।

बैंकको वासलातको आकार १७८अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५१ अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२० अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रुपैंयाँ रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको जनाएको छ ।