आज हरिशयनी एकादशी देवघाटमा तीर्थयात्रीको घुइँचो

871
views

प्रकाश सापकोटा, चितवन साउन – ७ आज तुलसी रोप्ने दिन, हरिशयनी एकादशीव्रत एकादशी मध्येको उत्तम एकादशी हरिशयनी हो । आजबाट विष्णु भगवान् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ ।

यस दिन गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । भगवान् श्रीकृष्ण युधिष्ठिर संवादमा एकादशी महिमाको विशेष चर्चा पाइन्छ । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ ।
प्रतेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः टाढा– टाढाबाट पनि तीर्थयात्री आउन थालेका छन् । देवघाटमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्तिहुने, मनोकामना पुरा हुने विश्वासका साथ तीर्थयात्री आउने क्रम जारी रहेको छ ।
तराईका जिल्लामा भने साउन १४ गतेबाट मात्र बोलबम मेला शुरु हुने भएकाले सोपश्चात् भक्तजन बढ्ने छन् । देवघाट क्षेत्र विकास समितिले नदीको बाहव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । आज दिनभरमा एक लाख ४० हजार भक्तजन देवघाट आउने अनुमान समितिले गरेको छ ।
गत वर्ष सूर्य अस्त भएकाले तीन लाख हाराहारी मात्र तीर्थयात्री देवघाट आएकोमा यो वर्ष पाँच लाख पुग्ने अनुमान समितिको छ ।