उद्योगी व्यवसायीलाई नाफाखोरीको रुपमा हेरिनुहुँदैन–प्रचण्ड

915
views

काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख गरेका छन् । प्रचण्डले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने भन्दै राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।

बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास हुनसक्ने धारणा राखे ।

प्रचण्डले विकासका निम्ति चाहिने नीति नियम बनाउनुपर्ने धारणा व्यक्त गर्दै उद्योगी व्यवासायीको मर्कालाई राज्यले बुझ्नुपर्ने बताए ।

प्रचण्डले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको भन्दै यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने समेत बताए । राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने प्रचण्डले उल्लेख गरे ।