ट्रकले ठक्कर दिंदा एकको मृत्यु

1370
views

नुवाकोट, २० भदौ । नुवाकोटमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । नुवाकोट किस्पाङ गाउपालिका–५ शान्तिबजारमा ना ५ ख १४०४ नं को ट्रकले व्याक गर्ने क्रममा ठक्कर दिंदा ३५ बर्षिय सुर्य पुडासैनीको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिंदा गम्भिर पुडासैनीको उपचारका लागि काठमाडौँ लगिएको थियो उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला संखुवासभा गाविस हाल सुन्दर हरैचा नगरपालिका वडा–५ बस्ने २६ बर्षिय तिर्थ प्रसाद कार्की र नवलपरासी नगरपालिका वडा नं. ४ नवलपुर बस्ने २६ बर्षिय सोमन गाहामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ५ ख १४०४ न. को ट्रक र सोही ट्रक पछाडी रोकी राखेको ना ६ ख ६१६५ को ट्रकको बिचमा ना ५ ख १४०४ न. को ट्रकले ठक्कर दिंदा उनको मृत्यु भएको हो ।