पुर्ण सरसफाई परियोजनापछि बिरामी घटट्दै

1539
views

महेन्द्र जिसी
पर्वत, १ असोज । २०७३ साल देखी शुरु भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना लागु भएपछि विरामी हुनेको संख्यामा कमी आएको छ । जलजला गाउँ पालिका ६ शालिजामा पछिल्ला वर्षहरुमा विरामीको दर घटेको हो ।

विगतमा झाडापखला, आउँ, ज्वरो, रुघा खोकी जस्ता महामारी हुने गएको वडामा अहीले यस्ता रोगमा कमी आएको हो । स्वच्छ खानेपानी सरसफाई यूक्त बातावरण र सचेतनाका कारण पनि विरामी हुनेहरुको कमी आएको शालिजा स्वाथ्य चौकीले जनाएको छ ।

स्वाथ्य चौकी प्रमुख विजय ठाकुरले पछिल्ला वर्षहरुमा आएको सरसफाईको चेतना र पछिल्ला गैरसरकारी निकायले गरेका कार्यक्रमको प्रभावले पनि विरामी हुनेको दर घटेको बताउनु भयो ।

शालिजा स्वाथ्य चौकी प्रमुख जलजला–६ शालिजा पर्वत ६ सय ९२ घरधुरी भएको वडामा वडावासीहरु पुर्ण सरसफाईको चरणमा रहेका कारण बार्षामा हुने रोगहरु न्युन भएका हुन । हात धुने अभियानबाट शुरु गरीएको पुर्ण सरसफाई अभियानले वडाका सबै घरधुरी सरसफाई युक्त भएका कारण पनि सरसफाईको चेना बढेको जलजलाका वास परियोजना प्रमुख देवराज पुरीले जानकारी दिनुभयो ।

अहीले सम्म वडालाई स्वाच्छ खानेपानीको पहुँचमा पु¥याउन ४ वटा खानेपानीका आयोजना सम्पन्न गरीसकीएको पुरीले बताउनु भयो । वडाका प्रत्येक घरमा स्टीकर सहीतको अभियान थालीएका कारण पुर्ण सरसफाई वडा घोषणाको तयारी भईरहको जलजला गाउँ पालिकाले जनाएको छ ।