धौलागिरीकै व्यवस्थित आधुनिक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा

2414
views

महेन्द्र जिसी
पर्वत, ९, असोज । स्थानीय तह कार्यान्वयनपछि सडक निर्माणले तिब्रता पाएसँगै व्यवस्थित ड्राईभिङ स्कुलहरु निर्माण हुन लागेका छन । खाली चौर खेल मैदान सडकमा सिकारुहरुले सवारी सिक्दै आएको पर्वतमा व्यवस्थीत र आधुनीक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा ल्याइएको हो ।

गाउँगाउँमा सडक निर्माण भएसँगै व्यवस्थित ड्राईभिङ स्कुलको आवश्यकतालाई मध्य नजर गरेर धौलागिरीकै आधुनीक प्रविधि युक्त ड्राईभिङ स्कुल निर्माण गरीएको हो । कुश्मा नगरपालिका ४ छमर्केमा ड्राईभिङ स्कुल सञ्चालनमा ल्याईएको छ ।

साढे एघार रोपनी क्षेत्रफलमा निर्माण गरीएको ड्राईभिङ स्कुल कार र मोटर साईकल, स्कुटरको लागि छुटटा छुटटै सिकाउने पिच निर्माण गरीएको छ । ट्रफिक लाईट समेतको व्यवस्था गरी आधुनीक प्रविधि युक्त बनाएर विश्व बजारमा युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले ड्राईभिङ स्कुल सञ्चालकले जनाएको हो ।

खाली चौर, बिच बजार र खेलकुद मैदानमा सवारी सिक्ने गरीएको अवस्थामा व्यवस्थित गराउन पनि स्कुल निर्माण गरीएको स्कुलका अध्यक्ष परशु राम पुरीले बताउनु भयो । धौलागिरीका चार जिल्लालाई लक्षीत गरेर कुश्मा पोखारा राजमार्ग नजिकै शालिग्राम ड्राईभिङ एण्ड प्रि टेस्ट सेन्टर सञ्चालनमा ल्याइएको छ । एघार जना युवाहरुको लगानीमा निर्माण गरीएको ड्राईभिङ स्कुलले नजिकै वु्लु एन्जल रिर्सोट समेत सञ्चालनमा ल्याएको हो ।

पछिल्ला युवा पुस्तालाई स्वारोजगार बनाउँदै स्थानीय उत्पादनलाई बजारीक करण गराउने उदेश्यले कृषि फर्मको समेत परिकल्पना गरीएको पुरीले बताउनु भयो । अहीले सम्म स्कुलमा मात्र एक करोड भन्दा माथी लगानी भईसकेको स्कुलले जनाएको छ ।