नेपाली सेनाले शुरु गर्यो विपद् व्यवस्थापन अभ्यास

865
views

काठमाडौं । नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको संयुक्त आयोजनामा सञ्चालित विपद् व्यवस्थापन अभ्यासको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुभारम्भ गरेका छन् । संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतिको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पुयाउने सेनाले विश्वास लिएको छ ।

राष्ट्रिय, अन्तराष्ट्रिय, सरकारी तथा गैह्रसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्नु यस अभ्यासको उद्देश्य रहेको छ ।

सो अभ्यासमा अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरि जम्मा १३ देशका ६४ प्रतिनिधिहरु सहभागी छन् । सो अभ्यास यही असोज १२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ ।